२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

घाँटी रेटेर युवकको हत्या

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालिका–८ स्थित जिंगडिया गाउँमा आइतबार घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । २० वर्षीय निरन्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको इलाका प्रहरी गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए ।  

रामको शव उनको घरबाट केही पर खेतमा फेला परेको हो । ‘घटनामा संलग्नको पहिचान हुँदै छ । हत्यारा चाँडै पत्ता लाग्छ,’ डीएसपी महतोले भने, ‘घटनाबारे गहिरिएर अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार गरुडा, बिर्तामा रहेको नर्सरीमा काम गर्दै आएका राम शनिबार साँझ त्यहाँबाट २ सय रुपैयाँ लिएर घर जान्छु भनी हिँडेका थिए । तर उनी राति घर पुगेनन् । बिहान स्थानीयले खेतमा अब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


प्रकाशित : श्रावण ३२, २०७७ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?