कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जको कोरोना अस्पतालबाट २८ जना डिस्चार्ज

भूषण यादव

वीरगन्ज — वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका २८ जना कोरोना संक्रमित निको भएर शुक्रबार साँझ डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा एकजना बाराका हुन् । 

वीरगन्जको कोरोना अस्पतालबाट २८ जना डिस्चार्ज

साढे दुई वर्षीया बालिका र ६ महिलासहित २८ जना कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जनाए । पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए ।

डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिका ११ श्रीपुरका १२ जना रहेका छन् । वीरगन्ज २५ सिर्सियाका ६ जना डिस्चार्ज भएका छन् । यसैगरि पर्साको सखुवा प्रसौनी गाउँपालिकाका ३ जना निको भएर घर फर्किएको स्वास्थ्य निरीक्षक ठाकुरले जनाए ।

अन्य डिस्चार्ज हुनेमा वीरगन्ज १० घडिअर्वा, वीरगन्ज २२ मनियारी, नगवा, प्रतिमा चौकका बासिन्दा हुन् । बाराको आदर्श कोतवाल– ६ का एकना डिस्चार्ज भएका हुन् ।

प्रकाशित : श्रावण ३०, २०७७ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?