कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा थप २४ जनामा कोरोना 

शिव पुरी

रौतहट — रौतहटमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर नगरपालिकाका ८ जना कर्मचारीसहित १७ जनामा संक्रमण दखिएको छ । त्यस्तै परोहा नगरपालिकामा ४ जना,  देबाही गोनाही, चन्द्रपुर र गढीमाई नगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गौरका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए । 

रौतहटमा थप २४ जनामा कोरोना 

‘संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी सुरु भइसकेको छ,’उनले भने, ‘चाँडै सबैको पहिचान गरी स्वाब संकलन गर्छौं ।’

पछिल्लो समय थपिएका संक्रमितलाई घरमै छाडिएको छ । जिल्लामा सञ्चालनमा रहेको आइसोलेसन खाली रहेपनि संक्रमितलाई समुदायमै छोड्दा झनै खतरा बढ्न सक्ने भन्दै स्थानीयले विरोध गरेका छन् । सरकारले तोकेको स्वास्थ्य सुरक्षा अपनाइ लक्षण नदेखिएका संक्रमितहरुलाई होम आइसोलेसनमा राख्न सक्ने भने पछि जिल्लामा संक्रमतिहरु घरमै बस्न थालेका हुन् ।

पछिल्लो ६ दिनमा रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म १ हजार ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमतिमध्ये १ हजार ३ सय २७ जना निको भएर घर फर्किसकेका छन् । बाहिरबाट आएर क्वारेन्टाइन बस्नेको संख्या १ सय ५९ जना रहेको जिल्ला प्रशासन कार्यालयका सुब्बा रामनरेश साहले बताए ।

प्रकाशित : श्रावण ३०, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?