कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा पीसीआर किट्स अभाव भएपछि ११ सय स्वाब काठमाडौं पठाइयो

भूषण यादव

वीरगन्ज — पीसीआर किट्सको अभावमा नारायणी अस्पतालले ११ सयभन्दा बढी स्वाबको स्याम्पल परीक्षणका लागि काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको छ ।

वीरगन्जमा पीसीआर किट्स अभाव भएपछि ११ सय स्वाब काठमाडौं पठाइयो

संकलित स्वाब पीसीआर मेसिनमा परीक्षण गर्ने क्रममा रिएजेन्ट र आरएनए एक्सट्राक्सनलगायतका पीसीआर किट्सको अनिवार्य आवश्यकता पर्छ । तर, समयमा पीसीआर किट्स नआउँदा स्वाब परीक्षणमा थप ढिलाई हुने भएकाले काठमाडौँ पठाइएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार मंगलबार नारायणी अस्पतालको प्रयोगशालाबाट ११ सयभन्दा बढी स्वाब स्याम्पल परीक्षणका लागि पकाठमाडौं ठाइएको हो ।

बारा र रौतहटमा संकलन गरिएका स्वाब पनि यहाँको प्रयोगशालामा परीक्षण हुँदै आएको छ । ‘थुप्रै स्याम्पल संकलन भएको थियो, बारा र रौतहटका स्वाब पनि यही परीक्षणको लागि आएको थियो,’ डा. उपाध्यायले भने, ‘नारायणीमा रिएजेन्ट, पीसीआर किट्सको अभाव छ । परीक्षणमा थप ढिलाई नहोस् भनेर स्याम्पल काठमाडौं पठाएका हौं ।’ ५ दिन अगाडि नै पीसीआर किट्स माग गरे पनि हालसम्म नआएको उनले खुलाए ।

प्रकाशित : श्रावण २८, २०७७ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?