कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ वर्ष कैद सजाय फैसला भएका सहनी ९ वर्षपछि पक्राउ

भूषण यादव

वीरगन्ज — अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

९ वर्ष कैद सजाय फैसला भएका सहनी ९ वर्षपछि पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार बन्हु सहनीलाई प्रहरीले मंगलबार दिउँसो करिब ३ बजेको समयमा वीरगन्ज महानगरपालिका– १६ इनर्वाबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जनाए ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ निवासी ३८ वर्षीय सहनीमाथि जिल्ला अदालतले २०६८ मंसिर १६ मा अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सहनी साढे ५० केजी लागूऔषध गाँजाको चालु मुद्दामा समेत संलग्न रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ‘अदालतले फैसला कार्यान्वयन गरिसकेको फैसलाका फरार बन्हु सहनीलाई झन्डै ९ वर्षपछि नियन्त्रणमा लिएका हौँ,’ प्रवक्तासमेत रहेका डीएसपी कुँवरले भने, ‘सहनी लागूऔषध गाँजाको एउटा चालु मुद्दामा समेत संलग्न रहेको पाइएको छ ।’

प्रकाशित : श्रावण २८, २०७७ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?