कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा भदौ २ गतेसम्म थपियो निषेधाज्ञा

अवधेशकुमार झा

राजविराज — जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाभरी लगाएको निषेधाज्ञा भदौ २ गते सम्मका लागि बढाएको छ ।

सप्तरीमा भदौ २ गतेसम्म थपियो निषेधाज्ञा

जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सप्तरी जिल्लाभर भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

यसअघि सप्तरी प्रशासनले साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रमा र साउन २० गतेदेखि २६ गते सम्मका लागि जिल्लाभरी नै निषेधाज्ञा लागू गरेको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि निषेधाज्ञाको समयावधी थपिएको हो ।

प्रशासनले चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरि आफ्नो घरभित्रै सुरक्षित साथ मात्र चाडपर्व मनाउन समेत अनुरोध गरेको छ ।पछिल्लो तथ्यांक अनुसार सप्तरीमा हालसम्म कोरोनाबाट कूल ५ सय ७१ जना संक्रमित भएका छन् । दुईजना संक्रमितको मृत्यु समेत भइसकेको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?