कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्साको पोखरियाबाट  ३६ किलो चरेस बरामद

भूषण यादव

वीरगन्ज — पर्साको सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाको टोलीले बुधबार बिहान ३६ किलो चरेस बरामद गरेको छ । प्रहरी टोलीलाई देखेर कारोबारीले टाउकोमा बोकेको चरेस खेतमा फ्याँकेर भागेका थिए ।

पर्साको पोखरियाबाट  ३६ किलो चरेस बरामद

बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालका अनुसार पोखरिया नगरपालिका– २ झाखरा टोलबाटबाट बिहान ४ बजेको समयमा ७० प्याकेट चरेस बरामद गरिएको हो । विशेष सुराकीका आधारमा सशस्त्रको टोलीले ठूलो परिमाणमा चरेस बरामद गरेको बडुवालले जनाए ।

‘विगत लामो समयको प्रयासपछि ३६ किलो चरेस बरामद भएको हो,’ सशस्त्र इन्सपेक्टर बडुवालले भने, ‘हाम्रो टोलीलाई देख्नेबित्तिकै कारोबारी टाउकोमा बोकेको चरेस फ्यालेर भागेका थिए ।’

आधा किलोको हिसाबले एउटा प्याकेट भरिए पनि तौल गरेपछि ७० प्याकेटमा ३६ किलो चरेस रहेको पाइएको उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७७ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?