कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा १ को मृत्यु

भरत जर्घामगर

सिरहा — ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा सिरहामा मंगलबार एक जनाको मृत्यु भएको छ । दुर्घटना परी अर्का एक जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित बस्तीपुर खण्डमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा मिर्चैया नगरपालिका–३ का २१ वर्षीय देविन्द्र यादवको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार धनुषाधामका २३ वर्षीय बालकृष्ण यादवको फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ७४०२ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आइरहेको स ४ प ७२१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

प्रकाशित : श्रावण २०, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?