कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलेश्वरमा पनि पाँच दिन निषेधाज्ञा

सुनीता बराल

महोत्तरी — कोरोना भाइरसको संक्रमण फैलिएपछि महोत्तरी सदरमुकाम जलेश्वरमा पनि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति ११ बजेदेखि ५ दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले संक्रमितको संख्या बढेको र मानिसहरू बेपरवाह भएर घुमफिर गरिरहेकाले निषेधाज्ञा लगाउनुपरेको बताए ।

साउन ७ गते कोरोना संक्रमणबाट मृत्यु भएका महोत्तरी गाउँपालिका–३ का पुरुषको शव व्यवस्थापन र आइसोलेसनमा डिउटीमा खटेका १० नेपाली सेना, मृतकको परिवारका २ जना र जलेश्वरमा शिक्षकहरूमा समेत संक्रमण देखिएपछि निषेधाज्ञा लगाइएको उनको भनाइ छ । महोत्तरीमा संक्रमितको संख्या ८ सय ६३ पुगेको छ । जलेश्वरसहित प्रदेश २ ठूला सहर वीरगन्ज र राजविराजमा पनि निषेधाज्ञा लागू गरिएको छ ।

प्रकाशित : श्रावण १६, २०७७ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?