सुनीता बराल

सुनीता बरालका लेखहरु :

जलेश्वरमा पनि पाँच दिन निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण फैलिएपछि महोत्तरी सदरमुकाम जलेश्वरमा पनि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति ११ बजेदेखि ५ दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

विद्यालयबाहिर मुसहर बालबालिका

भंगाहा नगरपालिका–४ की सुशीला सदा आफ्नो नागरिकता नभएकाले दुई छोराको जन्मदर्ता गराउन सकेकी छैनन् । उनको ५ वर्षीय छोरा धीरज र ३ वर्षीय नीरजलाई स्कुल पठाउने इच्छा भए पनि जन्मदर्ता नहुँदा भर्ना नलिने भएपछि स्कुल नपठाएको बताइन् । 

उद्योगलाई पुरानै भाउमा उखु

चिनी उद्योग सञ्चालनमा आएपछि महोत्तरीका किसानलाई उखु काट्ने चटारो छ । गौशाला–१ रामनगरमा एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज सञ्चालनमा आएको छ । 

भ्रमण वर्षको तयारी सुस्त : मन्त्रालयसँग न कर्मचारी न संरचना

२० लाख पर्यटक भित्र्याउने लक्ष्य तय गरिएको भ्रमण वर्ष–२०२० संघारमै आइसक्दा यसको तयारीलाई लिएर प्रदेश २ मा अझै अन्योल छ । यति बेला तयारी पूरा गरिसक्नुपर्ने पर्यटन मन्त्रालय आफैं जनशक्ति अभावले ग्रस्त छ । बजेट व्यवस्थापन र संघीय सरकारसँग समन्वय देखिँदैन । 

सरकारी विद्यालयमा बेथिति, शिक्षक गफमा मस्त

बिहानको पौने १० बजे विद्यालय पुग्दा सुनासान थियो । कक्षा सुरु हुनुपर्ने समयमा विद्यालयमा न विद्यार्थी थिए, न शिक्षक । सवा १० बजेपछि बल्ल एक/दुई विद्यार्थी आउन थाले । ११ बजेबाट विद्यालय लाग्ने हुँदा उनीहरू ढिला आएका रहेछन् । 

मध्यरातसम्म कार्यालयमै कर्मचारी

चार वर्षसम्म सेवाग्राहीको काम गर्न नपाउँदा उङ्दै कार्यालय समय कटाउने गरेका नापी कार्यालय बर्दिबासका कर्मचारी अहिले राति ११ बजेसम्म कार्यालयमै व्यस्त हुन थालेका छन् । 

शैक्षिक हब बन्दै बर्दिवास

महोत्तरीको बर्दिबास–३ स्थित जनता माध्यमिक विद्यालयबाट रोल्पाकी रमिला डाँगीले भर्खरै तीनवर्षे बाली विज्ञान विषयको डिप्लोमा पढाई सकेकी छिन्  । ‘पश्चिमको मान्छे मध्यतराईको बर्दिबासमा बसेर कसरी पढाइ पूरा गरुँला भन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘राम्रो शैक्षिक वातावरण पाएँ  । नतिजा पनि राम्रो आयो ।’

प्रयोगविहीन भए चर्पी

४ वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको महोत्तरीको गौशाला–१० भरतपुरमा चर्पीको प्रयोग अझै गरिएको छैन । साविकको भरतपुर गाविस खुला दिसामुक्त क्षेत्र बनाउने अभियानका क्रममा सिट र रिङ गाविसले दिएपछि मुसहरी टोलमा बनेका ७० घरपरिवारको चर्पी अहिले प्रयोगविहीन छन् । 

रातु पुल ९ महिनामै खाल्डै-खाल्डा

पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जोड्ने रातु पुल प्रयोगमा आएको ९ महिना नबित्दै भत्कन थालेको छ  । कालिका टु दी रसुवा जेवी कम्पनीले निर्माण गरेको रातु पुलमा गत असोज महिनाबाट सवारी आवागमन खुल्ला गरिएको थियो  ।

चैते धान सुक्यो

महोत्तरीमा लगाइएको चैते धान सिंचाइ अभावमा सुक्न थालेको छ । भंगाहा, बर्दिवास, रामगोपालपुर, गौशाला, औरहीलगायत नगरपालिकाका विभिन्न ठाउँमा किसानले लगाएको धान पानी नभएपछि सुक्न थालेको हो ।