कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाले बाराको जनजीवन अस्तव्यस्त 

लक्ष्मी साह

बारा — चार दिनदेखिको अविरल वर्षा र डुबानले जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । कतिपय विपन्न परिवारको घर भत्केको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अमलेखगन्जको १ र २ नम्बर पुलको बीचमा २५ मिटर राजमार्ग भत्केपछि मंगलबार साँझदेखि आवतजावतमा कठिनाई भएको छ । प्रहरीका अनुसार उक्त सडक खण्डमा एकतर्फी सवारी सञ्‍चालन भइरहेको छ ।

वर्षाले बाराको जनजीवन अस्तव्यस्त 

यस्तै पिलुवा र पथलैयाबीचको दुधौरा खोला नजिक रहेको ११ हजारको भोल्ट भएको विद्युत ट्रान्सफर्मर नजिक जमिन भासिएर पोल ढलेपछि दुई दिनदेखि विद्युत् अवरुद्ध छ । विद्युत् र राजमार्ग बनाउने कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

सदरमुकाम कलैयासहित जिल्लाका आधा दर्जन गाउँपालिकामा खोलाको पानी पसेपछि स्थानीय समस्यामा परेका छन् । प्रसौनी गाउँपालिका–५ गोईंठही टोलको जादोलाल कुसवाहाको घर भत्केको छ । एक महिला घाइते भएकी स्थानीय सामाजिक अगुवा सुमेश्वर कुसवाहाले बताए ।

यसैगरी महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर र वडा ४ को दहियारमा दुई घर भत्किएको प्रहरी प्रवक्ता मिश्रले बताए । उनले देवताल गाउँपालिका–६ रामपुर्वा र फेटा गाउँपालिका–१ त्रिवेणी गाउँमा डुबानमा परेकालाई सशस्त्र र नेपाल प्रहरीले उद्धार गरेको छ ।

बालगंगा खोलाको धार परिवर्तन भएर किसानको सयौं बिघा धानबाली कटानमा परेको स्थानीय सीता बरालले बताइन् । अनावृष्टिले कतिपय खेत रोपाइँसमेत हुन सकेको छैन् । ‘अत्यधिक वर्षाले रोपाइँ हुन सकेको छैन,’ सिम्रौनगढ नगरपालिका–८ का किसान वीरेन्द्रप्रसाद साह सोनारले बताए ।

प्रकाशित : श्रावण ७, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?