कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नदीमा बेपत्ताको शव फेला

सुनिता बराल

महोत्तरी — महोत्तरीको रातु नदीमा आएको बाढीले बगाउँदा बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । 

भंगाहा नगरपालिका ६ संग्रामपुरका ४० वर्षीय वीरेन्द्र कापर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । पानीको बहाव तीव्र रहेको बेला नदी पार गर्न खोज्दा मंगलबार बिहान १० बजे उनलाई खोलाले बगाएको थियो ।

प्रहरीसहितको टोलीले दिनभर खोजी गरेपछि घटनास्थलको १६ किलोमिटर दक्षिण पश्चिममा शव फेला पारिएको विष्टले बताए । शव बलवा नगरपालिका ४ उत्तरबारी टोल नजिक खोलाको बीच भागबाट फेला पारिएको हो ।

प्रहरीका अनुसार जनकपुरबाट भंगाहा ६ स्थित घर जान हिँडेका कापर प्रहरी र स्थानीयहरुले रोक्न खोज्दाखोज्दै जबर्जस्ती साइकलसहित नदीमा पसेका थिए ।

प्रकाशित : श्रावण ६, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?