कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रातु नदीको बाढीले बगाउँदा एक जना बेपत्ता

सुनिता बराल

महोत्तरी — लगातारको वर्षापछि महोत्तरीको रातु नदीमा आएको बाढीले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् । पानीको बहाव तीव्र रहेको नदी पार गर्न खोज्दा भंगाहा नगरपालिका–६ संग्रामपुरका ४० वर्षीय विरेन्द्र कापर बेपत्ता भएका हुन् ।

जनकपुरबाट भंगाहा घर जान हिँडेका कापर बलवा–११ भगतीपुर र भंगाहा–१ कविलासा टोलको बीचबाट रातु नदी तर्न खोज्दा खोलाले बगाएपछि मंगलबार बिहान १० बजेबाट उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

नदी निरीक्षक र स्थानीयहरुले रोक्न खोज्दा खोज्दै आफ्नै गाउँको नदी तर्न सक्छु भन्दै उनी साइकलसहित नदीमा पसेका थिए । खोलामा नपस्न आग्रह गर्दागर्दै उनी खोलामा पसेपछि खोलाले उनलाई साइकलसहित बगाएको प्रत्यक्षदर्शी तथा पैरवी मञ्च बर्दिवासका नदी निरीक्षक सुजित मण्डलले जानकारी दिए ।

बेपत्ता भएका कापरको खोजीमा जिल्ला प्रहरी कार्यालयको टोली नै खटिएको प्रवक्ता विष्टले जानकारी दिए ।

लगातारको वर्षाले जिल्लाका रातु, मराहा, विग्ही, बाँके, भप्सी लगायतका खोलामा पानीको बहाव उच्च भएपछि जिल्ला प्रशासनले सुरक्षित रहन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?