कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा १७ जना कोरोनामुक्त 

लक्ष्मी साह

बारा — जिल्लामा १७ जना कोरोनामुक्त भएर शुक्रबार घर फर्केका छन् । कलैयाको गंगापुरस्थित अस्थायी कोभिड अस्पतालबाट उनीहरु डिस्चार्ज भएका हुन् । कोरोना निको भएर घर फर्किनेमा एक स्वास्थ्यकर्मीसहित बाँकी सबै सर्वसाधारण हुन् । डिस्चार्ज हुने सबै जना जिल्लाका विभिन्न क्वारेन्टाइनबाट कोरोना पोजिटिभ भएर आइसोलेसनमा भर्ना भएका थिए । 

बारामा १७ जना कोरोनामुक्त 

जिल्लामा योसँगै ९५ जना कोरोनोमुक्त भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवकाअनुसार उक्त अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा अब ७ जना भर्ना छ भने ४ सय ५ जनाको रिपोर्ट अझै आउन बाँकी छ । ‘स्वाब संकलन गरी पठाएको एक हप्ता भइसक्यो । तर तिनीहरुको रिपोर्ट आएको छैन,’ उनले भने, ‘वीरगन्जको अस्पतालमा भीटिएम र परीक्षण गर्ने मेसिनबीच तालमेल मिल्न नसक्दा ढिलाई भएको हो ।’

प्रकाशित : असार १२, २०७७ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?