बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई जनमतका शिवचन्द्र कुशवाहाले उछिनेका छन् । करैयामाई नगरपालिका वडा १ र २ को २ हजार ७४ मत गणना गर्दा यादवलाई कुशवाहाले १०८ मतले अग्रता लिएका हुन् ।
बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरू भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा मतदानका सुरू भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् ।
बाराको आदर्शकोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट पहिलो दिन शुक्रबार सुरू भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरू भएको केही मिनेटभित्रै बाहिरिएपछि त्यहाँ केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २ निरीक्षकसहित ५ जनालाई कारबाही गरिएको छ । साथै एक परीक्षार्थीलाई पनि निष्कासित गरिएको छ ।
बाराको तामागढी–सिम्रौनगढ सडक निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएकाे जग्गावापत् जग्गाधनीहरुले अझै मुआब्जा रकम पाएका छैनन् । ६५ देखि ७० विघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने २ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ बराबर नपाएका हुन् ।
उखरमाउलो गर्मीबीच पानी परेपछि बारा, महोत्तरीसहितका मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि बुधबार दिउँसो झम्केर पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् ।
बाराको पचरौता नगरपालिकाका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव तीन सातादेखि सम्पर्कविहीन भएपछि आर्थिक वर्ष ०७९/०८० को नगरसभा हुन सकेको छैन । नगरसभा हुन नसकेपछि पालिकाले न नीति तथा कार्यक्रम ल्याउन सकेको छ, न त बजेट ।
बाराका १६ वटा पालिकामध्ये २ पालिकाले अझै नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् । जीतपुरसिमरा उपमहानगरपालिका र पचरौता नगरपालिकाले जनप्रतिनिधिहरुबीच भएको विवादले बजेट ल्याउन नसकेको हो । ती दुवै पालिकामा जनप्रतिनिधिहरुबीच राजनीतिक बहुमत र अल्पमतको खिचातानी चलिरहेको छ ।
बारामा एउटै नगरपालिकाको दुई वटा वडाका चार वटा मतदान केन्द्रको मतदान रद्द भएको छ । रद्द गरिएको मतदान कहिले गर्ने भने तोकिएको छैन । सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका पचरौता नगरपालिका–२ का श्रीनगर बैरिया र भट्टी बैरिया गाउँस्थित दुई वटा मतदान केन्द्रको मतदान रद्द गरिएको हो । त्यस्तै, वडा–४, बेल्दारी गाउँस्थित मतदान केन्द्रको समेत मतदान रद्द गरिएको मतदान अधिकृत नीरबहादुर दाहालले बताए ।
सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनजागृतिलाई ३–२ ले पराजित गर्दै एनआरटी फाइनलमा प्रवेश गरेको छ ।
जगदम्बा जीतपुरसिमरा गोल्डकप फुटबलको बिहीबार १२ औं संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम ११ ले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गरेको छ । सुदूरपश्चिमको जितमा धनराज थापा, दिपांकराज सिंह र फागुराम थारुले १–१ गोल गरेका थिए ।