बारामा लागुऔषध कोकिनसहित भारतीय पक्राउ 

२१ ग्राम ६५० मिलिग्राम कोकिनसहित सीमावर्ती बिश्रामपुर गाउँपालिका-१ खेखरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

मंसिर ११, २०८२

लक्ष्मी साह

Indian arrested with cocaine in Bara

बारा — प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध कोकिन ल्याउँदै गरेका एक भारतीय नागरिकलाई बिहीबार पक्राउ गरेको छ । 

२१ ग्राम ६५० मिलिग्राम कोकिनसहित सीमावर्ती बिश्रामपुर गाउँपालिका-१ खेखरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

भारतीय नम्बरको बीआर ०५ एभी ३५३२ नम्बरको मोटरसाइकलसहित भारत पूर्वी चम्पारण विहार नायकटोल गाउँका ३५ वर्षीय लालबाबु साह पक्राउ परेको उनले बताए । त्यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।  

लक्ष्मी

Link copied successfully