पूर्वराष्ट्रपति भण्डारीले फेरि भनिन् : एमालेमा सदस्यता नवीकरण गरिसकेकी छु

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको मार्गदर्शन सिद्धान्तमा एमाले अघि बढेको बताउँदै ७७ वटै जिल्लामा जन्मजयन्ती मनाउने योजना बताइन्।

भाद्र १५, २०८२

लक्ष्मी साह

Former President Bhandari said again: I have renewed my membership in UML

बारा — पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको विषय दोहोर्‍याएकी छिन् । मदन भण्डारी फाउन्डेसन बारा जिल्ला कमिटीले मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा आइतबार कलैयामा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले उक्त कुरा दोहोर्‍याएकी हुन् ।

एमालेले मदन भण्डारीलाई जननेताका रूपमा स्वीकार गरिसकेको उनले बताइन् । मदन भण्डारीको मार्गदर्शन सिद्धान्तमै एमाले अघि बढेको उनले बताइन् । मदन भण्डारीको दासढुंगामा रहस्यमय निधन भएको भन्दै मार्गदर्शन सिद्धान्त पालना गर्नु पार्टी, नेता र कार्यकर्ताको पकर्तव्य रहेको उनले बताइन् ।

उनी सहभागी कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलबाहेक पार्टीका जिल्लाका नेता–कार्यकर्ताको पार्टीको हैसियतमा सहभागिता थिएन । पार्टीको झण्डा पनि थिएन ।

‘तपाईँहरू पार्टीको सदस्य हुनु/नहुनु तर जननेता मदन भण्डारीको मार्गदर्शन सिद्धान्तमा निरन्तर काम गर्नू,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘७७ वटै जिल्लामा मदन भण्डारीको जन्मजयन्ती कार्यक्रम गरी मनाउने योजना छ । यो कार्यक्रम मेरा लागि सरप्राइज हो । त्यसैले आयोजकलाई विशेष धन्यवाद छ ।’

तराईमा वातावरणले जनजीवनमा असर गरेको उनले बताइन् । कहिले सुख्खा, कहिले बाढी त कहिले चुरे विनाशले संकट निम्त्याएको उनले बताइन् ।

लक्ष्मी

Link copied successfully