धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

असार १८, २०८२

लक्ष्मी साह

Killing his wife with a sharp weapon

बारा — बारामा एक युवकले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

कलैया उपमहानगरपालिका-१० मटिअर्वा गाउँका ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी विवादमा २३ वर्षीया पत्नी सहिना खातुनलाई मासु काट्ने दाउले टाउको, घाँटीलगायत शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेका हुन्।

उनकी घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार बच्चालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ। 

लक्ष्मी

Link copied successfully