कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा थप ६५ जनामा कोरोना संक्रमण

शिव पुरी

रौतहट — रौतहटमा दुई महिलासहित थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा अहिलेसम्म ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

रौतहटमा थप ६५ जनामा कोरोना संक्रमण

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जिल्लाको ईशनाथ नगरपालीकामा ४६, गुजरा नगरपालिकामा ८, फटुवा विजयपुरमा–१ चन्द्रपुरमा १ माधवनारायणमा १,गढीमाईमा ७ र दुर्गाभगवती गाउपालिकामा १ जनामा कोरोना पुष्टि भएको बताए ।

प्रजिअ घिमिरेका अनुसार टेकु र धुलीखेल प्रयोगशालामा स्वाब टेस्ट गर्दा सक्रमण पुष्टि भएको हो । रौतहटमा पछिल्लो समय सक्रमण देखिएकाहरु सबै भारतबाट फर्केका कामदार हुन् । उनीहरु भारतको दिल्ली, मुम्बई, केरला, हरियाणालगायतका सहरहरुमा काम गर्न गएका थिए ।

भारतका विभिन्न सहरमा कोभिड १९ को संक्रमण बढ्न थालेपछि त्यहाको सरकारले जारी गरेको लकडाउनका कारण नेपालीहरु उतै फसेका थिए । तर पछिल्लो समय लकडाउन खुकुलो बनाएपछि अहिले धमाधम घर फर्केका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?