कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाराका ७ पालिकामा कोरोना, सञ्‍चारकर्मीदेखि सैनिकसम्म

जिल्लामा बुधबारसम्म संक्रमितको संख्या ५४ पुगेको छ । एक जनाको मृत्यु भइसकेको छ भने २ जना उपचारपछि फर्किएका छन् ।
लक्ष्मी साह

बारा — बाराको १६ वटा पालिकामध्ये ७ वटामा कोरोना संक्रमण फैलिइको छ । ती पालिकाहरु कतिपय भारतीय सीमासित जोडिएका छन् । जितपुरसिमरा उपमहागरपालिकामा पहिलोपटक वैशाख १४ गते कोरोना संक्रमण देखिएको थियो । एक महिनाको अवधिमा विश्रामपुर, करैयामाई गाउँपालिका, कलैया उपमहानगरपालिका प्रभावित भइसकेका छन् ।

बाराका ७ पालिकामा कोरोना, सञ्‍चारकर्मीदेखि सैनिकसम्म

कलैयाकाका स्थानीयमा संक्रमण नभए पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतसहित जवानमा संक्रमण पुष्टि भएको छ । यस्तै स्रिम्रौनगढ, पचरौता, महागढीमाई नगरपालिकामा संक्रमण देखिएको छ । पचरौता नगरपालिकामा बुधबार एक स्वास्थ्यकर्मीसहित ८ जनामा संक्रमण पुष्टि भयो ।

भारतीय सीमासित जोडिएका पचरौता नगरपालिका–१ पिपरपाती गाउँको उच्च माविमा रहेको क्वारेन्टाइनका ७ जना र एक जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । नगरपालिकाका-१ का २ जना, २ का ३ जना, ५ का १ जना र वडा ७ का १ जना युवकहरु संक्रमति भएका छन् । सबै युवक भारतको महाराष्ट्र, दिल्लीलगायतका ठाउँबाट आएर क्वारेन्टाइनमा बसेका थिए । अर्का संक्रमित रौतहटको माधवनारायण पालिकाअन्तर्गत मिठुआवा गाउँ घर भई बाराको पचरौता नगरपालिकामा कार्यरत ४१ वर्षीय अहेब हुन् ।

क्वारेन्टाइनमा रहेका १ सय ३० जनामध्ये ५८ जनाको स्वाब जेठ ७ गते क्वारेन्टाइनमै संकलन गरी काठमाडौंको राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । तीमध्ये बुधबार मंगलबार ५ जना र बुधबार ८ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक नवलकिशोर यादवले बताए ।

मंगलबार सोही नगरपालिकाको क्वारेन्टाइनमा खटिएका जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय २ जना सैनिक जवानसहति अन्य ३ जना संक्रमित भएका हुन् । क्वारेन्टाइनमा रहेका सोही नगरपालिकाको १ र २ पचरौता गाउँका ३ युवक संक्रमित भएका हुन् । संक्रमित तीनै युवक भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

जिल्लामा कुल संक्रमितको संख्या ५४ जना पुगेको छ । २ जना उपचारपछि घर फर्किसकेका छन् भने एक ७० वर्षीय वृद्धको मत्यु भइसकेको छ । संक्रमितमध्ये प्रहरी ७ जना, सैनिक २ जना, एक जना स्वास्थ्यकर्मी र एक जना रेडियोकर्मीसमेत छन् । सबै संक्रमितलाई कलैया अस्पतालको आइसोलेसनमा वार्डमा राखिएको छ । संक्रमित हुनेमा १४ वर्षदेखि ७० वर्षसम्मका छन् ।


प्रकाशित : जेष्ठ १४, २०७७ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?