कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा थप दुईजनामा कोरोना पुष्टि

अवधेशकुमार झा

राजविराज — सप्तरीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा बोदेवरसाइन नगरपालिकाका ४७ वर्षीय पुरुष र विष्णुपुर गाउँपालिकाका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीमा थप दुईजनामा कोरोना पुष्टि

स्वास्थ्य प्रमुख दुनियालाल यादवका अनुसार संक्रमण पुष्टि भएकाहरु हालै भारतबाट आएर आफ्नै पालिकाको क्‍वारेन्टाइनमा बसेका थिए ।

उनीहरुलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको आइसोलेसनमा ल्याउने तयारी गरिएको स्वास्थ्य प्रमुख यादवले बताए ।

पछिल्लो पटक पुष्टि भएका २ जनासहित सप्तरीमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । बुधबार दिउँसो स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा सप्तरीमा एकैदिन ११ जना संक्रमित भएको जानकारी दिइएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?