कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीका थप ११ जनामा कोरोना संक्रमण

एकैदिन १०१ जनामा संक्रमण
अवधेशकुमार झा

राजविराज — सप्तरीमा मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ । 

सप्तरीका थप ११ जनामा कोरोना संक्रमण

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक सप्तरीको बोदेबरसाइन नगरपालिकाका ८ जना,बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि मंगलबार नै ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका थिए । मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २/२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एक/एक जना छन् । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।

नेपालमा माघ १० गते कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएपछि मंगलबार एकैदिन धेरै जनामा संक्रमण देखिएको हो । मंगलबार मात्रै १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि वैशाख ३० गते ८३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक/एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?