कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

अवधेशकुमार झा

राजविराज — ९ लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई सप्तरी प्रहरीले कोसीको पलारबाट शनिबार पक्राउ गरेको छ ।

९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ

हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रहेको सप्तकोसी नदीकोबीच भागमा रहेको पलारबाट भारतीय नागरिक फुलकुमार मेहतालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

भारत बिहारको सुपौल जिल्लाको बथनाहा पञ्चायत १७ बस्‍ने २८ वर्षीय मेहतालाई कोसीको पलार हुँदै लुकिछिपी नेपालतर्फ प्रवेश गरेपछि नाइलनको झोलामा दुई किलो चिनीले छोपेर ल्याउँदै गरेको ९ लाख रुपैयाँ नियन्त्रणमा लिएको डीएसपी भारतीयले बताए ।

झोलाबाट नेपाली ५ सय दरका ६ सय १८ वटा र हजार दरका ५ सय ९१ वटा नोट बरामद भएको छ । कोसीको पलार लकडाउनपछि तस्करीका लागि चिनिएको ठाउँ हो । उनी त्यति रकम लिएर पलारको बाटो किन आएको हो भन्‍ने विषयमा अनुसन्धान भइरहेको भारतीले जनाए ।

प्रकाशित : जेष्ठ १०, २०७७ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?