कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा कोरोना पुष्टि भएकाहरु भारतबाट आएका

लक्ष्मी साह

बारा — जिल्लाको सिम्रौनगढ नगरपालिकाअन्तर्गत कंकाली माविमा रहेको क्‍वारेन्टाइनका ६ जनामा शुक्रबार कोरोना संक्रमण देखिएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ११ पुगेको छ ।  

बारामा कोरोना पुष्टि भएकाहरु भारतबाट आएका

जेठ ७ गते क्‍वारेन्टाइनका १ सय ३० जनामध्ये ५० जनाको स्बाब संकलन गरी जाँचका लागि हेटौंडास्थित कीटजन्य अनुसन्धान तथा तालीम केन्द्रमा पठाइएपछि ६ जनामा कोरोना पोजेटिभ देखएको प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले बताए । पीसीआर जाँचमा पोजेटिभ देखिएका ती ६ जना भारतबाटै आई क्‍वारेन्टाइनमा थिए । उनीहरु महाराष्ट्र, हरियाणा र दिल्लीबाट आएका हुन् ।

सिम्रौनगढ नगरपालिका ७ का ३८, ४५ र ३४ वर्षीय, वडा ११ भगवानपुर रामनगर टोलका २२ वर्षीय, वडा २ का २५ वर्षीय र वडा १ का २७ वर्षीय पुरुष संक्रमित भएका हुन् । पीसीआर जाँचका लागि आवश्यक पर्ने पिभीटी किट अभावमा सिम्रौनगढ लगायत जिल्लाका धरै ठाउँका क्‍वारेन्टाइनमा भएकालाई परीक्षणका लागि स्बाब लिन समस्या भइरहेको जनस्वास्थ्य कार्यालयका प्राविधिक शंकर गुप्ताले बताए । उनले संक्रमितलाई कलैयास्थित अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताए ।

प्रकाशित : जेष्ठ ९, २०७७ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?