कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

राहतका विषयमा सिरहामा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप, १८ घाइते

भरत जर्घामगर

जनकपुर — राहत वितरणको विषयमा विवाद बढेपछि सिरहामा शुक्रबार साँझ दुई पक्षबीच झडप भएको छ । झडपमा ११ जना घाइते भएका छन् । 

राहत वितरणको विषयलाई लिएर सिरहाको नरहा गाउँपालिका–१ मा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा कांग्रेस पक्षधर ११ जना र नेकपाका ७ कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । अधिकांश घाइतेको टाउकोमा चोट लागेको छ ।

घाइतेहरुको सिरहा अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते स्थानीय अख्तर मण्डल लगायत चार जनालाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । वडा कार्यालयले राहत वितरणका लागि ७ सय ४१ जनाको नामावली तयार गरे पनि शुक्रबार ५ सय १७ जनालाई मात्र राहत वितरण गरेपछि कांग्रेस पक्षधरले अरुलाई राहत वितरणमा काखापाखा गरेको भन्दै भनाभन भएको थियो । सोही क्रममा कांग्रेस कार्यकर्ता विजय मण्डलमाथि हातपात भएपछि कांग्रेस–नेकपा कार्यकर्ताबीच झडप भएको सिरहाका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।

झडपका कारण नरहा देवीपुर क्षेत्र दिनभर तनावग्रस्त रह्यो । घटनाको अनुसन्धान भइरहेको र स्थिति सामान्य बनेको एसपी चतुर्वेदीले जानकारी दिए ।


प्रकाशित : जेष्ठ ९, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?