कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा निषेधाज्ञा १५ दिन थप 

लक्ष्मी साह

कलैया — जिल्लामा संक्रमितको संख्या बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाभरि १५ दिनको लागि निषेधाज्ञा थप गरेको छ । 

बारामा निषेधाज्ञा १५ दिन थप 

सोमबार बसेको सुरक्षा समितिको बैठकले जेठ ६ मंगलबार १ बजेदेखि जेठ २० गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । अति आवश्यक खाद्यन्न, औषधि, निर्माण तथा खाद्यन्नमा प्रयोग गरिने कच्चा पदार्थको ढुवानीबाहेक बाइकदेखि ठूला गाडी चल्नमासमेत रोक लगाइएको निर्णय गरिएको उनले बताए । बारा प्रशासनले बैशाख ३० गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको समय सोमबारसम्म थियो ।

प्रकाशित : जेष्ठ ५, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?