कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जग्गा विवादमा छुरा प्रहार, ४ जना घाइते

भरत जर्घामगर

सिरहा — जग्गा विवादमा दुई पक्षबीच सोमबार झडप हुँदा सिरहाको सुखीपुर नगरपालिका–१ मोहनपुर कमलपुरमा ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार जग्गा विवादलाई लिएर छलफल चलिरहँदा सुखीपुर नगरपालिका–१ मोहनपुर कमलपुरका मिश्री यादव र कपलेश्वर यादव पक्षबीच झडप भएको थियो । झडपमा मिश्री यादवको कम्मर र उनका छोरा सन्जीवको पिठ्युमा चोट लागेको छ । 

धारिलो हतियारबाट सख्त घाइते सन्जीवलाई स्थानीय पोलिक्लिनिकमा उपचारपछि धरान लगिएको छ । झडपमा कपलेश्वर यादव र उनका छोरा प्रभाससमेत घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायव निरीक्षक रामकुमार यादवले घटनामा संलग्नमध्ये सुवास यादवलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : वैशाख २२, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?