कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिपोर्ट नेगेटिभ आएपछि रौतहटका क्वारेन्टाइनबाट धमाधम घर फर्कंदै 

शिव पुरी

रौतहट — कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आहृवान गरेको लकडाउनकै क्रममा भारतलगायत विदेशबाट आउनेलाई खोजीखोजी जिल्लाका २६ स्थानमा स्थापना गरिएको क्वारेन्टाइनमा राखियो । संख्या बढ्दै जाँदा स्थानीय प्रशासन र सुरक्षाकर्मी तनावमा थिए । तर पछिल्लो समय अधिकांशको रिपोर्ट नेगेटिभ आएपछि धमाधम घर फर्कन थालेका छन् ।

रिपोर्ट नेगेटिभ आएपछि रौतहटका क्वारेन्टाइनबाट धमाधम घर फर्कंदै 

क्वारेन्टाइनमा राखिएकाहरुको सुरक्षामा तैनाथ नेपाली सेना पनि सुरक्षित तरिकाले चारैतिर सेन्ट्री पोस्ट बनाएर बसेका थिए । बिहीबारसम्म ४ सय ४६ मध्ये २ सय ५९ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएपछि उनीहरु खुसी भएर घर फर्के । अहिले १४ महिला, १ सय ७३ पुरुषहरुको स्वाब टेस्ट र रिपोर्ट पर्खिरहेका छन् । इश्नाथ नगरपालीकाको औरैया माविमा एकजना १९ वर्षीय युवकमा पोजेटिभ देखीए पनि अन्यको रिपोर्ट नेगेटिभ आइरहेको छ । चन्द्रनिगाहपुरस्थित महिला फुटबल एकेडेमी र औरैया माविमा स्थापना गरिएको क्वारेन्टाइनबाट ७५ जना घर फर्किसकेका छन् । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरुको स्वाब संकलनको काम जारी रहेको बताए । ‘संख्या बढ्दै गएपछि हामी पनि तनावमा थियौं,’ उनले भने, ‘भारतबाट आएका एकजना युवक बाहेको रिपोर्ट नेगेटिभ आएको छ ।’ प्रशासनको निर्देशनमा क्वारेन्टाइनमा बसेकाहरुको घर परिवार र सम्पर्कका गरि ६१ हजार ३ सय ४१ को र्‍यापीड टेस्ट गरिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रजिअ घिमिरेले सुनाए ।

भारतका विभिन्न सहरमा काम गर्न जानेको संख्या यो जिल्लाको अत्यधिक छ । उनीहरु खेतीको समयमा केरला, चण्डिगढ, राजस्थान, पन्जाबमा जान्छन् । त्यहाँ ५/६ महिना काम गरेर घर फर्कन्छन् । केही उद्योगहरुमा काम गरेर लामो समय त्यतै बस्ने गर्छन् । पछिल्लो दुई महिनायता भारतका विभिन्न राज्यमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि उनीहरु अधिकांश घर फर्केका छन् । संक्रमण भएको ठाउँबाट आएकाहरु दुई सातासम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । धेरैजसो बसेका छैनन् । गाउँलेले उनीहरुलाई थाहा पाएसम्म क्वारेन्टाइनमा पठाउने गरेको पाइएको छ ।

प्रकाशित : वैशाख ११, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?