कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा भागदौडको क्रममा महिलाको मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीमा प्रहरी र लकडाउन उल्लंघन गर्नेहरुबीच चर्को विवादपछि भएको भागदौडमा एक महिलाको मृत्यु भएको छ । 

खड्क नगरपालिका-६ वीरपुरमा सोमबार बिहान प्रहरीले बस्तीमा देखिएको भीडभाड हटाउने क्रममा भएको विवादका क्रममा ६५ की जैनव खातुन (पुजर्नी) सडकमै बेहोस भएर ढलेकी थिइन् । खातुनलाई स्थानीय एडभान्स अस्पताल कल्याणपुरमा सामान्य उपचारपछि सगरमाथा अञ्‍चल अस्पताल राजविराज पुर्‍याइएकोमा करिब १२ बजे ज्यान गएको थियो । ईलाका प्रहरी कार्यालय कल्याणपुरले मृतक महिला उच्च रक्तचापका कारण ढलेर बेहोस भएको जनाएको छ । तर, स्थानीयले प्रहरीको लाठीचार्जबाट ती महिलाको ज्यान गएको आरोप लगाएका छन् ।

वडा सदस्य मोहम्मद इक्वालका अनुसार प्रहरीले त्यहाँ रहेका ७ जना जति सर्वसाधरणलाई लाठी प्रहार गर्न थालेपछि भागेको, त्यस क्रममा खातुन बेहोस् भएर ज्यान गएको बताए । उनले भने, 'भीड देखेपछि प्रहरीले सबैलाई लखेट्यो । प्रहरीले लेखेट्ने क्रममा स्थानीय ६५ वर्षीया जैनव कुजर्नीको मृत्यु भयो ।' अहिले शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको छ ।

प्रहरीले महिलाहरुलाई समेत लाठी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक पुजर्नीकी बुहारी चुन्‍नी खातुन र स्थानीय कबुलन खातुन घाइते भएका छन् । उनीहरु दुवैको कल्याणपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तीलक भारती , खडग नगरपालिपकाका मेयर हेमायु हकसहित वीरपुरामा भेला भएका छन् ।

जिल्ला प्रहरीका डीएसपी भारतीले घटनाबारे बुझिरहेको बताए ।

प्रकाशित : वैशाख १, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?