कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रतिकार्यका लागि प्रदेश २ का पाँच अस्पताललाई स्तरोन्‍नति गरिने

जिल्ला प्रहरीलाई ५ र जेललाई २० लाख अनुदान दिने प्रदेश सरकारको निर्णय
सन्तोष सिंह

जनकपुर — कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा ५०/५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो । 

कोरोना प्रतिकार्यका लागि प्रदेश २ का पाँच अस्पताललाई स्तरोन्‍नति गरिने

पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदहस्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । त्यसैगरी बाराको कलैयास्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वरस्थित अस्पतालाई विशेष अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । जलेश्वर अस्पतालले बुधबारबाटै स्तरोन्नतिको काम सुरु गरिसकेको छ भने बाराले बिहीबारबाट काम थालेको जनाएको छ ।


त्यसैगरी, बैठकले कोरोनाको त्रासकाबीच अहोरात्र खटिरहेका नेपाल प्रहरीको मनोबल उच्च गर्नुका साथै न्युनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।


यता प्रदेशमा रहेको पाँच वटा जेलहरुमा क्षमताभन्दा बढी कैदी रहेको हुँदा त्यहाँ कोरोनाबाट जोगिने उपायहरु अबलम्बन गर्नका लागि प्रत्येक जेललाई २०/२०लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित : चैत्र २७, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?