कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चोरबाटो आउनेलाई रोक्न अस्थायी पोस्ट 

अवधेशकुमार झा

राजविराज — कोभिड–१९ को संक्रमण भित्रिन नदिन सशस्त्र प्रहरी बलले भारतीय सीमाक्षेत्रमा थप कडाइ गरेको छ । नाकाहरूमा रोकिए पनि खेतको बाटो आउजाउ भइरहेको सूचना पाएपछि प्रहरीले अस्थायी पोस्ट थपिरहेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेका अनुसार यसअघि मुख्य नाकाहरूमा सुरक्षाकर्मी राखिएकोमा अब अन्यत्र पनि पोस्ट राखिएका छन् । सशस्त्रले जिल्लाका सातवटै बीओपीमा गरी दुई सय प्रहरी थपेको छ ।


सोमबारवाट जिल्लाका ५५ स्थानमा सशस्त्र प्रहरी खटाइएका छन् । नियमित पोस्टबाहेक १६ स्थानमा पालको ब्लक बनाएर नयाँ पोस्ट बनाइएको छ । ‘मूल बोर्डर मात्र होइन, अन्य चोर बाटोबाट पनि कोही नेपाल नछिरुन् भनेर सम्भावित स्थानहरुमा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ,’ न्यौपानेले भने ।


क्वारेन्टाइनमा दैनिक थपिँदै

जिल्लामा बाहिरबाट आएकाहरूलाई राख्न बनाइएका क्वारेन्टाइन स्थलहरूमा दिनहुँजसो संख्या थपिँदै छ । त्यसरी आएकाहरूलाई स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रशासनले क्वारेन्टाइन पठाउने गरेका छन् । पहिलो दिन ३३ जना मात्र क्वारेन्टाइनमा रहेकोमा आइतबार साँझसम्म १० महिलासहित २ सय ६४ जना पुगेका छन् । जिल्लामा १८ स्थानमा रहेका क्वारेन्टाइन छन् । ती सबैमा गरी ५ सय ८० जनासम्मलाई राख्न मिल्छ ।

प्रकाशित : चैत्र २४, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?