कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा किशोरी बलात्कृत

शिव पुरी

रौतहट — जिल्लामा किशोरीमाथि बलात्कार भएको छ । घटना एक साताअघिको भए पनि पीडितको जाहेरीका कारण प्रहरीले शनिबार सार्वजनिक गरेको छ । बलात्कार गर्ने फरार छन् । 

रौतहटमा किशोरी बलात्कृत

जिल्लाको कटहरिया ७ स्थित एक १७ वर्षीया किशोरीमाथि बलात्कार भएको हो । गाउँकै भाग्यनारायण साहले बलात्कार गरेका हुन् । साह र किशोरीको घर आमनेसामने छ । घरमा कोही नभएको बेला साहले चैत ७ गते दिउँसो किशोरीलाई आफ्नो घरमा बोलाएका थिए । घरभित्र पसेपछि साहले भित्रबाट ढोका बन्द गरी युवतीमाथि बलात्कार गर्दै भिडियो बनाए । घटनाबारे कसैलाई भन्यो भने भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्की दिएपछि किशोरी चुप बसेकी थिइन् ।


किशोरीले आमालाई घटनाबारे बताएपछि सार्वजनिक भएको हो । किशोरीका बुवाले प्रहरीमा किटानी जाहेरी दिएका छन् । इलाका प्रहरी गरुडामा डिएसपी ज्ञानकुमार महतोले घटनाबारे अनुसन्धान भइरहेको बताए । प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गराएको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?