कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

करार नियुक्तिको माग गर्दै आंशिक प्राध्यापकद्वारा कक्षा बहिष्कार

भरत जर्घामगर

सिरहा — सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले करार नियुक्तिको माग गर्दै आइतबारदेखि कक्षा बहिष्कार गरेका छन् । कक्षा बहिष्कारका कारण पठनपाठन प्रभावित भएको छ ।

परिश्रम अनुसार पारिश्रमिक नपाएको भन्दै क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको भन्दै आइतबारदेखि कक्षा बहिष्कार गर्नुपरेको २०६४ सालदेखि कार्यरत आंशिक प्राध्यापकहरुले बताए । आंशिक प्राध्यापक संघ सिरहा इकाइका सचिव दिपेन्द्रकुमार यादवले आंशिक प्राध्यापकहरुले श्रमको शोषण भोग्नु परेकाले पूर्वघोषित कार्यक्रम अनुसार अहिले कक्षा मात्र बहिष्कार गरेको जानकारी दिए ।


फागुन १८ देखि २० सम्म कक्षा बहिष्कार र २१ देखि अनिश्चितकालिन तालबान्दी गरिने यादवले जानकारी दिए । क्याम्पसमा १२ जना आंशिक प्राध्यापकको रुपमा कार्यरत छन् ।

प्रकाशित : फाल्गुन १८, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?