कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटना कम गर्न ‘चालकसित चिया’

शिव पुरी

(रौतहट) — यहाँका ट्राफिक प्रहरीले सवारी दुर्घटना कम गर्न ‘चालकसित चिया’ कार्यक्रम संचालन गरेको छ । पूर्व पश्चिम राजमार्गमा बढ्दो सवारी दुर्घट्ना न्यूनीकरणका लागी यो कार्यक्रम सञ्चालन गरेको ट्राफिक प्रहरीले जनाएका हो । 

दुर्घटना कम गर्न ‘चालकसित चिया’

राजमार्गमा राती गाडी चलाउँदा चालक निदाउने र दुर्घट्ना हुने गरेको पाईए पछि यस्तो नीति अपनाईएको प्रहरीले बतायो । ट्राफिक र इलाका प्रहरी चन्द्रनिगाहपुरले यस क्षेत्रमा मध्य रातमा चालकलाई चिया खुवाएर केहीबेर आराम गर्न लगाई पठाउने गरेको छ । चालकलाई रोकेर चिया खुवाउने, उनिहरू सित कुरा गर्ने, ट्राफिक ज्ञान, दुर्घटनाबारे बताउने, र रिफ्रेस बनाई पठाउने गरिएको छ । चालक निदाउने हुँदा दुर्घटना बढेको भन्दै न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्दै चालक सित चिया कार्यक्रम ल्याइएको प्रहरीको भनाइ छ । यो क्षेत्रमा लगातार सबारी दुर्घट्ना हुने गरेको छ । ‘रातभरी गाडी चलाउदा चालकहरू थाक्ने र निदाउने गर्नाले दुर्घटना हुने गर्छ । त्यसैले चालकलाई रोकेर चिया गफ गर्दा मस्तिष्क चलाख हुन्छ,’ इलाका प्रहरीका डिएसपी हेमबहादुर शाहीले भने, ‘हामिले सम्झाए अनुसार सचेत हुने हो भने दुर्घट्ना न्यूनीकरण आफै हुन्छ । चालकहरू आफै सचेत हुनुपर्छ ।’


यसैगरि, चन्द्रपुर ८ स्थित गौर–सन्तपुर खण्डमा शुक्रबार इलाका र जिल्ला ट्राफिकका प्रहरीले सबारी रोकेर चालकलाई सम्भावित दुर्घट्नाबारे सम्झाएर लापरबाहीका साथ नचलाउन अनुरोध गरे । केही पर आएपछि चालकहरूको हकाई उस्तै हुन्थ्यो । बजार, भिडभाड, बिद्यालय क्षेत्रमा उनीहरू तीब्र गति र ओभरटेक गर्न नछाडेको पाइयो गुनासो समेत सुनियो ।


शाहीले चालकहरूलाई सम्भावित दुर्घटनाबारे जानकारी गराउन लागेको बताए । ‘हामीले सवारी चलाउँदा लापरबाही नगर्नुस् भनेर सम्झाएका छौं । उनीहरूसित दुर्घटना बढ्नुको कारण भनेका छौं,’ उनले भने, ‘चालक सचेत भयो भने दुर्घटना कम हुन्छ । सवारी चलाउँदा लापरबाही गर्नु हुन्न ।’ ३ साताअघि गौर– चन्द्रनिगाहपुर खण्डको चन्द्रपुर ८ सन्तपुरस्थित शुभलाल भागवत उमावि अगाडि सन्तपुरबाट चपुर जांदै गरेको ना ७ ख ४३४७ टिफरले बृन्दावन १ बलेरिखोरका साइकल यात्री राजकुमार राउतलाई ठक्कर दिंदा मृत्यु भएको थियो । चितवन राप्ति १ घर भएका चालक तिर्थराज तामाङलाई इलाका र जिल्ला ट्राफिकले केही समयअघि मात्र सवारी दुर्घटना हुन नदिने बारे जानकारी गराएका थिए । तर उनले बेवास्ता गरे । यस दुर्घट्नामा चालकको गम्भीर लापरबाही भनेर पिडित पक्षले पोष्टमार्टम गर्ने स्थानमै आन्दोलन गरे ।


त्यस्तै, ट्राफिकले सवारी चालकको स्वास्थ्य परिक्षण समेत गर्दैै आएको छ । पूर्व पश्चिमबाट आउने सबै गाडी रोकेर चालकको परीक्षण गरिन्छ । पछिल्लो समय अधिकाश चालकमा उच्च रक्तचाप भएको पाईएको छ । धेरै प्रेसर भएका चालकले गाडी चलाउनु जोखिम हुन्छ । उच्च रक्तचाप भएका चालकले औषधि समेत सेवन नगरेको पाइएको छ । ट्राफिकका अनुसार ३ महिनामा ११ सय चालकको स्वास्थ्य परीक्षण गरिएकोमा धेरैमा उच्च रक्तचाप पाइएको छ । रौतहट बस व्यवसायी संघ अध्यक्ष लालबाबु गिरीले सबैभन्दा बढी चालक सचेत हुनुपर्ने बताए । जिल्ला ट्राफिकका अनुसार चालु आर्थिक वर्षको साउन यता ६ महिनामा जिल्लाभरी ९४ सवारी दुर्घटना भए ।


दुर्घटनामा २८ ले ज्यान गुमाए । १ सय ५७ घाईते भएको तथ्यांक छ । यही अवधिमा १० हजार २६ सवारीलाई ट्राफिक नियम उल्लघन गरेको आरोपमा कारबाही गरिएको छ । उनीहरूबाट ६१ लाख ७७ हजार जरिवाना असुलेको ट्राफिकले जनायो । ट्राफिकको तथ्यांक हेर्ने हो भने वर्ष २०७४/७५ मा देशभरि १० हजार १ सय ६५ वटा सबारी दुर्घट्ना भएको छ । सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको ट्राफिकले जनायो ।

प्रकाशित : माघ ४, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?