कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा निर्वाचन : प्रदेश–२ मा नेकपा र राजपाले दर्ता गरे संयुक्त उम्मेदवारी 

काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश–२ मा सत्तारुढ नेकपा र राजपाले संयुक्त रुपमा निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । ४ सदस्यका लागि हुने निर्वाचनमा नेकपा र राजपाले २/२ सिटमा तालमेल गरेका छन् । 

राष्ट्रिय सभा निर्वाचन : प्रदेश–२ मा नेकपा र राजपाले दर्ता गरे संयुक्त उम्मेदवारी 

राष्ट्रिय सभा निर्वाचनमा राजपाले मृगेन्द्रसिंह यादवलाई अन्य समूहबाट र शेखरकुमार सिंहलाई अल्पसंख्यक समूहबाट उम्मेदवार बनाएको छ ।

नेकपाले महिला समूहबाट तुलसा दाहाल र दलित समूहबाट राधेश्याम पाशवानलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित : पुस २०, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?