२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोशीको मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादीका आङ्बोको दाबी पेस 

देवनारायण साह

विराटनगर — कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन् । 

कोशीको मुख्यमन्त्रीमा गठबन्धनबाट माओवादीका आङ्बोको दाबी पेस 

मुख्यमन्त्रीमा दाबी पेस गर्न आङ्बोसहित कांग्रेस प्रदेश सभा संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादीका राजेन्द्र राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कोशीको मुख्यमन्त्रीमा कांग्रेसको शेखर कोइराला क्षका केदार कार्कीले पनि दाबी गर्ने तयारी गरेका छन् । कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न लागेका हुन् ।

कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य छन् ।

प्रकाशित : आश्विन २५, २०८० १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?