कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौन दुर्व्यवहारको आरोपमा युवक पक्राउ

पर्वत पोर्तेल

काँकडभिट्टा — बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

यौन दुर्व्यवहारको आरोपमा युवक पक्राउ

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पक्राउ पर्नेमा मेचीनगर–६ बर्मेली बस्तीका अन्दाजी २२ वर्षीय सोनम तामाङ छन् । उनले अन्दाजी १५ वर्षीया एक किशोरीलाई यौनजन्य दुर्व्यवहार गरेका थिए । बिरामी हजुरबा र आमाको सहयोगीको रुपमा बसेकी ती किशोरीलाई छिमेकी तामाङले पटकपटक यौन दुर्व्यवहार गर्दै आएको पीडितले प्रहरीलाई वयान दिएकी छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले तामाङलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताए । बाल यौन दुर्व्यवहार गर्नेलाई तीन वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ । पोख्रेलले भने,‘अनुसन्धानबाट अरु घटनासमेत खुले थप सजाय हुन सक्ने छ ।’

प्रकाशित : मंसिर ३०, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?