कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट दाजुभाइको मृत्यु

विनोद भण्डारी

विराटनगर — मोरङको लेटाङमा कोरोना संक्रमणबाट चौबिस घण्टामा दाजुभाइको मृत्यु भएको छ ।

कोरोनाबाट दाजुभाइको मृत्यु

लेटाङ–२ का ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको २४ घण्टा नबित्दै उनका सहोदर भाइ तथा नेपाली कांग्रेस महासमिति सदस्य ईश्वरी कोइरालाको शुक्रबार बिहान नोवेल मेडिकल कलेजमै मृत्यु भएको हो ।

उक्त अस्पतालमा बिहीबार राति रतुवामाई–१० की महिलाको पनि मृत्यु भएको अस्तालले जनाएको छ । शुक्रबारसम्ममा मोरङमा कोरोनाबाट मृत्यु हुनेको सख्या १ सय ९ पुगेको छ ।

प्रकाशित : मंसिर १२, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?