खुकुरी प्रहार गरी श्रीमतीको हत्या
काँकडभिट्टा — झापाको दमक नगरपालिका–१ मामाचोक बस्ने ४७ वर्षीय चुडामणि भण्डारीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ३७ वर्षीया श्रीमती टीकामायालाई आइतबार दिउँसो सामान्य विवादमा उनले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीबाट हालै फर्किएका भण्डारी र श्रीमतीबीच कमल गाउँपालिकका–६ जीवनचोकमा रहेको निजी जमिनका विषयमा विवाद भएको थियो । सोही क्रममा उनमाथि खुकुरी प्रहार गरिएको हो ।
खुकुरी प्रहारबाट स्थानीय प्रकाशचन्द्र दाहालसमेत घाइते भएका छन् । उनी टीकामायासँगै गएका थिए । घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकको टोलीले चुडामणिलाई पक्राउ गरेको छ ।
विदेशमा रहेको बेला आफूले कमाएको ठूलो रकम श्रीमतीले हिनामिना गरेको आरोप चुडामणिले लगाएका छन् ।
प्रकाशित : मंसिर ८, २०७७ १०:१७प्रतिक्रिया