कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचथरमा ट्याक्टर खस्दा चालकको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको हिलिहाङ गाउँपालिका–१ मालवासेमा ट्याक्टर दुर्घटनामा परी चालक संखुवासभा, मुढेशनिश्चरेका थलबहादुर गुरुङको ज्यान गएको छ । बुधबार बेलुकी भएको दुर्घटनामा भोजपुरको दिङ्ला घर भएका सह–चालक आकास सुनुवार घाइते छन् ।

पाँचथरमा ट्याक्टर खस्दा चालकको मृत्यु

अरुणभ्याली हाइड्रोको निर्माण सामग्री लिएर जाँदै गरेको लु४त २३६० नम्बरको ट्याक्टर सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार २४ वर्षीय गुरुङको घटनास्थलमै मृत्यु भएको हो । सहचालक सुनुवारको जिल्लाकै समर्पित अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : मंसिर ४, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?