कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचथरमा ‘होम आइसोलेसन’ मा रहेका संक्रमितको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ रवि बजारमा मंगलबार बेलुकी कोरोनाले एक व्यक्तिको मृत्यु भएको छ ।

पाँचथरमा ‘होम आइसोलेसन’ मा रहेका संक्रमितको मृत्यु

४७ वर्षीय ती व्यक्तिको होम आइसोलेसनमै मृत्यु भएको गाउँपालिका उपाध्यक्ष उर्मिला राईले जानकारी दिइन् । राईका अनुसार ज्वरो आएका ती व्यक्ति उपचारका लागि विराटनगरको नोबेल अस्पताल गएकामा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । कात्तिक २८ गते गएका उनी २९ गते फर्किएर घरमै बसेका थिए । २ गते बेलुकी उनको मृत्यु राईले बताइन् । उनका अनुसार परिवारका अरू सदस्यमा पनि संक्रमणको लक्षण देखिएको छ ।

पाँचथरमा पछिल्लो एक सातामा संक्रमणका कारण दुई जनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितको संख्या बढेपछि फिदिम नगरपालिका ‘लकडाउन’ गरिएको छ ।


प्रकाशित : मंसिर ३, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?