कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा उपचाररत धनकुटाका कोरोना संक्रमितको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाका एक कोरोना संक्रमित वृद्धको उपचारका क्रममा आइतबार मृत्यु भएको छ । पाख्रीबास नगरपालिका–३ का ७२ वर्षीय वृद्धको धरानस्थित बीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो करिब एक बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

बीपी प्रतिष्ठानमा उपचाररत धनकुटाका कोरोना संक्रमितको मृत्यु

उनलाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणका कारण गम्भीर भएपछि उनलाई शनिबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : कार्तिक २३, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?