कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा फुट्ने हल्ला निराधार : मुख्यमन्त्री राई

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जस्तोसुकै अवस्था आए पनि नेकपा नफुट्ने बताएका छन् । ग्रामथान गाउँपालिकामा शुक्रबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले नेकपा फुट्ने हल्ला निराधार रहेको बताएका हुन् ।

नेकपा फुट्ने हल्ला निराधार : मुख्यमन्त्री राई

‘चिराचिरा परेर विभाजित भएका कम्युनिस्ट पार्टीहरु राष्ट्र निर्माण गर्ने पवित्र उद्देश्यले एकीकरण भएको छ,’ उनले भने, ‘त्यसैले नेकपा फुट्ने हल्लाको पछाडि लाग्नु हुँदैन ।’ राष्ट्र निर्माण विरोधी शक्तिहरुले देश र विदेशमा नेकपा फुट्ने निराधार हल्ला फैलाएको उनले सुनाए ।

प्रदेशलाई समृद्ध प्रदेश निर्माणका लागि दीर्घकालिन ठूला योजनाहरु ल्याएर काम भइरहेकाले चाँडै प्रतिफल प्राप्त हुने मुख्यमन्त्री राईको भनाइ थियो ।

प्रकाशित : कार्तिक २१, २०७७ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?