कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सामूहिक बलात्कारका फरार अभियुक्त पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — आठ महिना अगाडि भएको सामूहिक बलात्कारमा संलग्नमध्येका एक किशोर पक्राउ परेका छन् । रुपन्देहीको तिलोतमा नगरपालिका–१५ दर्खुस्वास्थित एक घरमा लुकिरहेको अवस्थामा ती किशोरलाई बुधबार अपराह्न मोरङ प्रहरीले पक्राउ गरेको हो ।

सामूहिक बलात्कारका फरार अभियुक्त पक्राउ

नाबालिग अभियुक्तलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत मोरङमा बुझाइने छ ।

प्रहरीका अनुसार मोरङको बुढीगंगा गाउँपालिका–७, बडहरा चौरीस्थित महदा खोला पारि रहेको थुम्कीको घारीमा एक १६ वर्षीयासँग गत वर्ष १५ माघमा राति ९ बजे पाँच जनाले सामूहिक बलात्कार गरेका थिए । पीडितको हजुरबुबाले दिएको जाहेरी अनुसार आरोपीमध्ये पक्राउ परेका बुढीगंगा–६ बडहरा टोलका १९ वर्षीय सन्देश लिम्बु र टंके भन्ने २१ वर्षीय कुमार राईलाई अदालतले पुर्पक्षको क्रममा कारागार चलान गरिसकेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बलात्कारमा संलग्न विराटनगरका तीन नाबालिगमध्ये एक फरार थिए । मोरङ जिल्ला अदालतले उक्त मुद्दामा ३१ वैशाखमा दिएको आदेशमा १८ वर्ष मुनिका ती बालकहरुलाई जमानीमा छाड्दै अभिभावकको जिम्मा लगाउने उल्लेख भएको मोरङको प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए ।

प्रकाशित : कार्तिक १३, २०७७ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?