कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिक्‍तेल बजार सिल

डम्बरसिं राई

खोटाङ — कोरोना संक्रमण बढ्दै गएपछि दिक्‍तेल बजार सिल गरिएको छ । समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेल बजार सिल गरिएको हो ।

दिक्‍तेल बजार सिल

दिक्‍तेलका व्यवसायीहरुमा समेत कोरोना देखिएपछि बजारबासीको आग्रहमा नगरपालिकाले बजार सिल गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

दिक्‍तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालका अनुसार दिक्‍तेल बजारका तीन जनामा कोरोना संक्रमण देखिएपछि बजारीबासीको अनुरोधमा बिहीबारदेखि अनिश्चितकालीन सिल गरिएको हो ।

यसअघि जिल्ला समन्वय प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीया लगायतलाई समेत कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, कृषि, सिंचाई, वन, खानेपानी, जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका नगरक्षेत्रभित्र पर्ने सरकारी अड्डाहरु तथा गैरसरकारी निकायहरु बन्द भएका हुन् ।

प्रकाशित : कार्तिक १३, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?