कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

संखुवासभामा चितुवाको आक्रमणबाट ३ घाइते

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको धर्मदेवी नगरपालिका-४ स्थित हुम्लिङ्गमा चितुवाको आक्रमणबाट ३ जना घाइते भएका छन् ।

संखुवासभामा चितुवाको आक्रमणबाट ३ घाइते

बिहीबार चितुवाको आक्रमणबाट ७६ वर्षीय धनबहादुर घिमिरे, २५ वर्षीय गणेश घिमिरे, ४० वर्षीय टंक श्रीपाली बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले बताए ।

चितुवाको आक्रमणमा परी १२ बढी बाख्रा मरेका छन् । बाख्राको खोरमा चितुवा देखेपछि स्थानीयले प्रतिकार गर्ने क्रममा चितुवा मारिएको छ ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?