कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगरमा थप दुई संक्रमितको मृत्यु

देवनारायण साह

मोरङ — विराटनगरमा कोरोना संक्रमणले मंगलबार थप दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ की ९९ सय वर्षीया महिलाको नोबेल अस्पतालमा र झापाको बिर्तामोड नगरपालिका–४ की ७६ वर्षीया महिलाको विराट मेडिकल अस्पतालमा मृत्यु भएको हो ।

विराटनगरमा थप दुई संक्रमितको मृत्यु

विराटनगरकी महिलाको स्वास्थ्यमा समस्या आएपछि शनिबार नोबेल अस्पताल भर्ना गरिएको थियो । उनी पहिल्यैदेखि मधुमेह र उच्च रक्तचापले पीडित रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका पतिको पनि कोरोना संक्रमणले मृत्यु भएको थियो ।

यस्तै, बिर्तामोडकी महिलालाई असोज ३० गते विराट मेडिकल अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका डा. पुरु कोइरालाले बताए । यससँगै प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ५१ पुगेको छ ।


प्रकाशित : कार्तिक ४, २०७७ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?