झापामा दसैंभर राति ८ देखि बिहान ५ बजेसम्म 'लकडाउन'- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा दसैंभर राति ८ देखि बिहान ५ बजेसम्म 'लकडाउन'

पर्वत पोर्तेल

काँकडभिट्टा — कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण जिल्ला प्रशासन झापाले राति 'लकडाउन' घोषणा गरेको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६(३) बमोजिम आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भेला जमघटहरुमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको छ । यो व्यवस्था आइतबारदेखि कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिनसम्म लागू हुने जनाइएको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले जारी गरेको निर्णय ।

प्रकाशित : कार्तिक २, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्

डा. शर्माको 'सिंहदरबारको घुम्‍ने मेच' सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ ।

पूर्व राष्ट्रपति रामवरण यादवले प्रतिक्रिया दिँदै पुस्तकले आउने पुस्तालाई केही सिक्ने मौका दिने बताए । डा. शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्व सचिव पनि हुन् ।

नेपाल पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ । ‘नयाँ नेपाल’को समायोजनका क्रममा ब्यूरोक्रेसी भित्रको उबडखाबड बाटो हिंड्दाको अन्तरकथा पुस्तकमा उल्लेख छ ।

‘डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन्, 'यस पुस्तकले नेपालमा पहिचान र लिङ्गमाथि चल्ने छलफलबीच अर्थपूर्ण आयाम थप्नेछ ।'

शर्मा २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको कार्यभार सम्हालेकी थिइन् ।

प्रकाशित : कार्तिक २, २०७७ १६:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×