कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नोबेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

देवनारायण साह

विराटनगर — विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रंगेली नगरपालिका ४ का ७२ वर्षीय पुरुषको बुधबार राति साढे ९ बजे र सुनसरीको धरान उपमहानगरपालिका १२ का ४५ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।

नोबेल अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

रंगेलीका कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना गरी आईसीयूमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । वृद्ध थाइराइड र फोक्सोसम्बन्धी दीर्घ रोगी रहेको उनको भनाइ छ ।

धरानका ४५ वर्षीय पुरुषलाई श्वास फेर्न गाह्रो भएपछि असोज १७ गते उपचारका लागि अस्पताल आएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको दाहालले बताए । उनमा अन्य कुनै किसिमको रोग नभएको दाहालले सुनाए । प्रदेश १ मा योसँगै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

प्रकाशित : आश्विन २३, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?