कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरमा कन्टेनर दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर घाइते 

डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण लोकमार्गको कटारी–वेतेनी सडकखण्डमा बुधबार कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ५ ख नम्बरको खाली कन्टेनर कटारी नगरपालिका- ८ सिरिसेस्थित सानादमारमा दुर्घटना हुँदा कटारी - ८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।

दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका चालक झापा दमक घर भएका योगेन्द्र दाहाल र वराह क्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि राति नै विराटनगर पठाइएको डीएसपी क्षेत्रीले बताए।

उनीहरुको टाउको गम्भीर चोट लागेको रिफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजकुमार गजमेरले बताए।

प्रहरीका अनुसार गाडी सडकबाट पाँच मिटर तल खसेको छ।

प्रकाशित : आश्विन २२, २०७७ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?